काभ्रेमा अवरुद्ध सडक खुल्यो

राष्ट्रपाटी न्युज

असार २१, २०८१

काभ्रे । अबिरल वर्षा पछिको बाढिका कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरिले खुलाएको छ ।

त्यो सडक खण्डका विभिन्न स्थानमा लेदो तथा पहिरो खसी अबरुद्ध भएको पछि सशस्त्र प्रहरी बल नेपाल  नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको कमाण्डमा खटिएको टोलीले अबरुद्ध स्थानहरुको पहिरो पन्छाएको हो  ।

अहिले सो सडकमा यातायात सुचारु भएको छ ।


Published :असार २१, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media