बुढानिलकण्ठ सरकारी सम्पति संरक्षण तथा उपयोग समितिद्वारा १२० रोपनी जग्गाको अबलोकन

राष्ट्रपाटी न्युज

२३ आश्विन २०८१

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिकाको सरकारी सम्पति संरक्षण तथा उपयोग समिति थप सक्रिय हुँदै गएको छ। दशैं शुरु भएपनि यही असोज २२ गते बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का बिभिन्न स्थानका करिब १२० रोपनी भन्दा धेरै जग्गाहरुको अबलोकन कार्य सम्पन्न भएको समितिका अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाले जानकारी दिएका छन्।

उक्त अवलोकन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष, पुर्ब वडाध्यक्ष, जनप्रतिनिधिहरु, सार्बजनिक जग्गा संरक्षण समितिका सदस्यहरु , प्रबिधिक, कर्मचारि , नगर प्रहरी र स्थानिय नागरिकहरुको उल्लेख्निय सहभागिता रहेकोले सबै सहभागिहरुलाइ समितिको तर्फबाट धन्यबाद दिदै हाललाई अभियान स्थगन गरिएको अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाको भनाइ छ।

उक्त अबलोकन कार्यक्रममा बुढानिलकण्ठ १३ का नौलिन थान मन्दिर पछाडिको करिब ३० रोपनि, टुपेक खेल मैदानको करिब ६ रोपनि, त्यहिको फोहोर मैला संकलन केन्द्रको ५ रोपनि, बुढानिलकण्ठ ११ र १३ को सिमानाको खोलासंगको ६ रोपनि, टुपेक मन्दिर देखि तल बस्ति सम्म १४ रोपनि, थाक्छे पार्क ५ रोपनि, ढुंगेधारा जाने बाटोमा २ रोपनि, जगडोल जाने सडकको ६ रोपनि, थाक्छे पार्क अगाडिको १७ रोपनि, च्याने खोला जंगल माथिको ३ रोपनि बाल उधान, नौलिन स्कुल अगाडि १५ रोपनि र काकुटोल ३ रोपनि समेत १२० रोपनि भन्दा बढि सार्बजनिक जग्गाहरुको अबलोकन कार्य सम्पन्न भएको अध्यक्ष लक्ष्मी प्रसाद संग्रौलाले राष्ट्रपाटीलाई जानकारी दिएका छन्।


Published :२३ आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media