विश्व पर्यटन दिवसका अवसरमा बुढानिलकण्ठमा सडक महोत्सव हुने

राष्ट्रपाटी न्युज

१० आश्विन २०८१

काठमाडौं । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा सडक महोत्सव हुने भएको छ। बुढानिलकण्ठ पर्यटन बोर्डले भोलि असोज ११ गते शुक्रबार दिउँसो २ बजे देखि ८ बजे सम्म बुढानिलकण्ठ मन्दिरको उत्तर पट्टि खुल्ला सडकमा बुढानिलकण्ठ सडक महोत्सव आयोजना गर्ने बुढानिलकण्ठ पर्यटन बोर्डका सदस्य बैकुण्ठ अधिकारीले जानकारी दिएका छन्।

उक्त अबसरमा बुढानिलकण्ठ पर्यटन बर्ष समेत घोषणा गरिने बताइएको छ। महोत्सवमा बिबिध सांस्कृतिक प्रस्तुति सहित भव्य कार्यक्रमको आयोजना गरिने छ।

उक्त भव्य कार्यक्रममा उपश्थित भइ कार्यक्रमलाइ सफल बनाउन सम्पूर्ण बुढानिलकण्ठबासि लगायत अन्य छिमेकी नगरपालिकाका नागरिकहरुलाई आयोजक बुढानिलकण्ठ पर्यटन बोर्डले हार्दिक आग्रह गरेको छ।


Published :१० आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media