बुढानिलकण्ठ-६ का वडाध्यक्ष रवि खड्काद्वारा आमरण अनसन बस्ने घोषणा

राष्ट्रपाटी न्युज

१४ आश्विन २०८१

बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रवि खड्काले आमरण अनसन बस्ने घोषणा गरेका छन्।राष्ट्रपाटिसंग कुरा गर्दै उनले आगामी मङ्सिर ११ गते तिन बजे आमरण अनसन शुरु गर्ने जानकारी दिएका हुन्। यस बिषयमा उनले बुढानिलकण्ठ नगरपालिका कार्यपालिका बैठकमा समेत जानकारी गराइसकेको बताएका छन्।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ मा निर्माणाधीन खड्का गाउँ बृहत खानेपानी आयोजना च्यासुन्डोलको बिषयलाई लिएर नगर प्रमुख मिठाराम अधिकारिसंग दुरी बढे संगै यो अबस्था आएको उनको भनाइ छ।

उनका अनुसार यस अघिको उद्वब खरेलको कार्यकालमा यो योजना शुरु भएको र हालका नगर प्रमुख मिठाराम अधिकारीले शिलान्यास गरेका थिए।संघीय सरकार र स्थानीय सरकारको क्रमश ७० प्रतिशत र ३० प्रतिशत लगानी रहने यो योजना करिव करिव अन्तिम चरणमा पुगेपछि संघीय सरकारको बजेट बाहेक नगरपालिकाले तत्काल भुक्तानी गर्नुपर्ने १ करोड १४ लाख रुपैंया निकाशा गर्न नगर प्रमुख अधिकारीले आनाकानी गरेर योजना असफल बनाउन खोजेको उनको आरोप छ। यस अघिका नगर प्रमुख उद्वब खरेलको पालामा भने १ करोड १४ लाख भुक्तानी भएपनि अहिले नगर प्रमुख अधिकारीले पछि निर्णय गर्छु भन्दै पेण्डिङ्ग फाइलमा राखेको प्रति उनले आपत्ति जनाएका छन्।

यो योजनालाई पूर्णता दिन थप २ करोड ३७ लाख लाग्ने इस्टिमेट भएको र त्यसमध्ये नगरपालिकाले ६७ लाख थप लगानी गर्नुपर्ने अबस्थामा पुरानो पैसा समेत भुक्तानी नगरेर नगर प्रमुखले १९ करोडको प्रोजेक्ट असफल पार्ने आशय देखाएको उनले आरोप लगाएका छन्।

वडा नम्बर ६ संग जोडिएका नेकपा एमालेका नेताहरुले मेयरलाई भेट्दा समेत सकारात्मक जवाफ नपाएको उनको गुनासो छ।

वडा नम्बर ६ ले यसै बर्ष वडाबासीलाई पानि खुवाउने बर्ष घोषणा गरेको तर त्यसलाई असफल बनाउने प्रयास भएकोले अब आमरण अनसनको बिकल्प नरहेको उनको भनाइ छ।

यस बिषयमा नगर प्रमुख मिठाराम अधिकारीसंग प्रश्न गर्दा उनले नगरपालिकासंग बजेट नभएका कारण भुक्तानी गर्न नसकिएको प्रतिक्रिया दिए। हामि संग धेरै पैसा नै छैन, यहाँ बिपत व्यबस्थापन गर्न समेत गाह्रो परेको बेला कसरि भुक्तानी गर्ने ? उनले भने । उनले नगरपालिकाबाट उक्त योजनाका लागि बैकल्पिक आर्थिक श्रोतको समेत खोजि भैरहेको जानकारी दिएका छन्।

वडाध्यक्ष खड्का नेकपा एमालेको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् भने बुढानिलकण्ठ नगरपालिकामा प्रमुख र उपप्रमुख सहित बहुमत नगरसभा सदस्य एमालेले नै जितेको छ।

 


Published :१४ आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media