काठको अवैध ओसारपसार गर्ने एकजना ट्याक्टरसहित पक्राउ

राष्ट्रपाटी न्युज

अशोज २८, २०८१

कृष्णनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका–६, जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एकजनालाई पक्राउ गरिएको छ ।

आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय  दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए ।

चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा संलग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।


Published :अशोज २८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media