४३ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ५ अर्ब

राष्ट्रपाटी न्युज

३० आश्विन २०८१

काठमाडौँ । दशैँपछिको दोस्रो कारोबार दिन पनि नेप्से सूचक उच्च अंकले बढेको छ। मंगलबार ३१ अंकले बढेको बजार बुधबार पनि ४३ अंकले बढेको हो।

बुधबार नेप्से सूचक ४३.२२ अंकले बढेर २७४२.८८ विन्द्युमा पुगेको छ। यता कारोबार रकम भने अझै पनि उत्साहजनक छैन। बुधबार ५ अर्ब ६६ करोड २ लाख २७ हजार ७३७ रुपैयाँ बराबरको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिन्छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर २.१३ प्रतिशतले बढेको छ । विजय लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.३३ प्रतिशतले बढेको छ भने इष्ट्रन पावरको ९.२४ प्रतिशत र समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले बढेको छ। यता गरि स्यांगे हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मिड सोलु हाइड्रोपावरको ५.५४ प्रतिशत र मिथिला लघुवित्तको ४.५५ प्रतिशतल घटेको छ ।


Published :३० आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media