कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खड्गराज शाही निर्वाचित

राष्ट्रपाटी न्युज

मंसिर १६, २०८१

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन् ।

शाही १४३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वव्द्धि माओवादी केन्द्रकी उम्मेदवार नैसाेभा शाहीले ११५ मत प्राप्त गरे भने नेकपा एमालेका ऐनबहादुर शाहीले ७८ मत ल्याए ।

नेपाली कांग्रेसका उम्मेदवार पैलनबहादुर शाहीले ४९ मत पाएका छन् । राप्रपाका गोगन बहादुर शाहीले १७ मत ल्याउँदा रास्वपाका गगन बमले जम्मा ५ मत पाएका छन् ।

०७९ को निर्वाचनमा यहाँ नेकपा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित भएका थिए । उनको पहिरोमा परेर निधन भएसँगै यहाँ उपनिर्वाचन भएको हो ।


Published :मंसिर १६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media