जाजरकोटमा जिप दुर्घटना, पाँचको मृत्यु, दुईजना घाइते

राष्ट्रपाटी न्युज

मंसिर २७, २०८१

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटमा बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

गए राति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्हरी प्रमुख हरिराम गाँगीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो।

दुर्घटनामा चालक इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुन र लक्ष्मी पुनको छोराको मृत्यु भएको उनको भनाइ छ।

डाँगीका अनुसार जिप बाँसकोट भन्ने स्थानको मोडबाट करिब आठ सय मिटर तल खसेको छ।

जिपमा सात जना सवार रहेको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ। घाइतेको अवस्था सामान्य रहेको डाँगीले बताए।


Published :मंसिर २७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media