मुगुमा भूकम्पको धक्का

काठमाडौं । शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो।

केन्द्रका अनुसार मुगेको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो।

पछिल्लो समय पश्चिम नेपालमा लगातार सानोसानो भूकम्प गइराखेको छ ।


Published :पुस १९, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media