विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुल भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।

उनका अनुसार शुक्रबार साँझ ५ बजेको समयमा पुलको बीच भाग भासिएको हो। पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माण थालिएको छ।

डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्न केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ।


Published :पुस २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media