नागार्जुनमा जेसिबीको ठक्करबाट एक बालिकाको मृत्यु

काठमाडौँ । नागार्जुन नगरपालिका–६ ह्वाइट गुम्बा नजिकै बा२क ६०८८ नम्बरको जेसिबीको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको छ।

शुक्रबार ठक्करबाट गम्भीर घाइते भएकी अनुषाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले जेसिबी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।


Published :पुस २७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media