प्रधानमन्त्री ओली राप्रपा नेपालको चियापानमा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापाान समारोहमा सहभागी बनेका छन् ।

शनिवार राप्रपा नेपालले काठमाडौंमा राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् । साथै पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

चियापान समारोहमा पुगेका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए ।


Published :२७ पुष २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media