ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं । मर्मत सम्भार लगायतका काम गर्नु पर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचना मार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजे देखि दुई बजे सम्म बिजुली कटौती हुनेछ ।

प्राधिकरणले निर्धारित कार्य तोकिएको समय भन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्र समेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधा प्रति प्राधिकरणले क्षमा मागेको छ ।


Published :माघ ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media