सहकारी ठगीमा रविसहित २२ जनाविरुद्ध रुपन्देहीमा पूरकअभियोग दर्ता

रुपन्देही । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, छविलाल जोशीसहित २२ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा पूरकअभियोग दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलका अनुसार पूरकअभियोगमा ५५ करोड रुपैयाँ बिगो कायम गरिएको छ । यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । उनीहरुमध्ये १७ जनाविरुद्ध थप अभियोग समेत लगिएको छ ।

यसअघि नै सहकारी ठगीको मुद्दा लगिएका मध्ये केहीलाई पूरकअभियोगमा पनि प्रतिवादी बनाएर संगठित अपराधको कसुरमा पनि सजाय माग गरिएको छ ।

पूरकअभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन् । पहिलो चरणको मुद्दामा ८६ करोड रुपैयाँ बिगो कायम गरिएको थियो । प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो ।


Published :माघ ६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media