
काठमाडौं। नेसनल आइडियल बोर्डिंग स्कुल/कलेज (निब्स) ले शैक्षिक प्रदर्शनी एवं बार्षिक मेला २०८१ आयोजना गर्ने भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मण्डिखाटारमा रहेर लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेको निब्सले यहि माघ १८ गते सो कार्यक्रम आयोजना गर्न लागेको फाउण्डर/पृन्सिपल डि एन महतोले जानकारी दिएका छन् ।
माघ १८ गत्ते शुक्रबारका दिन शैक्षिक प्रदर्शनी एवं बार्षिक मेलामा विद्यालयमा प्रत्येक कक्षाका विद्यार्थीले समुहगत रुपमा स्टल राखी प्रदर्शनी गर्ने, आफुले शृजना गरेको वस्तुको व्याख्या गर्ने र जज तथा दर्शकको मुल्यांकनको आधारमा विद्यालयले पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै सो दिन प्रत्येक कक्षाकोठाको सजावट तथा शैक्षिक सामग्रीको मुल्यांकन गर्ने तथा फुड स्टलहरुबाट मीठा- मीठा परिकारहरुको स्वाद लिदै मनोरञ्जन गर्न पाइने महतोले जानकारी दिएका छन् ।
आकर्षक खेलहरु खेली मनोरंजन लिन सकिने सो मेलामा सम्पुर्ण वर्तमान तथा पुर्व अभिभावक,विद्यार्थी, ईष्टमित्र, शुभचिन्तक, छरछिमेक एवं नजिकका विद्यालयको विद्यार्थीहरुलाई निमन्त्रणा गरिएको छ।
कार्यक्रमका विशेषताहरु
१. विद्यालयमा प्रत्येक कक्षाका विद्यार्थीले समुहगत रुपमा स्टल राखी प्रदर्शनी गर्ने, आफुले शृजना गरेको वस्तुको व्याख्या गर्ने र जज तथा दर्शकको मुल्यांकनको आधारमा विद्यालयले पुरस्कार प्रदान गर्ने।
२. प्रत्येक कक्षाकोठाको सजावट तथा शैक्षिक सामग्रीको मुल्यांकन गर्ने ।
३. फुड स्टलहरुबाट मीठा- मीठा परिकारहरुको स्वाद लिदै मनोरञ्जन गर्न पाइने ।
४. आकर्षक खेलहरु खेली मनोरंजन लिन सकिने ।
५. मेलामा सम्पुर्ण वर्तमान तथा पुर्व अभिभावक,विद्यार्थी, ईष्टमित्र, शुभचिन्तक, छरछिमेक एवं नजिकका विद्यालयको विद्यार्थीहरुलाई निमन्त्रणा गरिएको।