सर्वस्व नमाग

कविता – नारायण तिम्सिना

नमाग मसँग सुख नमाग
गराइ बेहाल खुसी नमाग ।।

नमाग मसँग रहर नमाग
पारेर कहरमा बहार नमाग ।।

नमाग मसँग टाइम नमाग
बनाइ व्यस्त फुर्सद नमाग ।।

नमाग मसँग जेथा नमाग
बढाइ व्यथा अथाह नमाग ।।

नमाग मसँग लालटिन नमाग
सकिएपछि सलेदो वर्तन नमाग।।

नमाग मसँग अखबार नमाग
डेट एक्सायर समाचार नमाग ।।

नमाग मसँग अवसर नमाग
लुटेर आनन्द पुरस्कार नमाग।।

नमाग मसँग आजीवन नमाग
बनेर पागल सर्वस्व नमाग।।


Published :माघ २१, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media