‘मिसेस ब्यूटी क्वीन’को उपाधि वर्षा कुँवरलाई

काठमाडौं ।  ‘रियल स्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल’ सिजन ७ को उपाधि प्राप्त गरेकी छन् ।

सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै  उनले उक्त उपाधि हासिल गरेकी हुन् । करुणा विक ‘फष्ट रनरअप’ भइन् भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवाहा भइन् ।

उक्त कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।


Published :२३ माघ २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media