देशमा फेरि अर्को ठूलो आन्दोलनको आवश्यकता छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित संविधान निगरानी समूह र आईएसएसआर ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने भने, “नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक हो कि भनेर मलाई नै लाग्न थालेको छ,’ प्रचण्डले भने, ‘के देशले फेरि एउटा अर्को आन्दोलन खोजेको हो ?”

जनतामा निराशा बढेकाले विस्तारै मानिसहरूमा आन्दोलनको कुरा मनमा आइरहेको जिकिर गर्दै अध्यक्ष दाहालले भने, “जनतामा निराशा बढेको बढ्यै छ । अब प्रश्न चाहिँ विस्तारै आन्दोलन गर्ने मानिसहरूको मनमा आउँदैछ ।”

आफू विद्रोहतर्फ जानै लागेको भन्ने अर्थ चाहिँ नलगाउन पनि आग्रह गर्दै उनले भने, “विद्रोह गर्ने निष्कर्षमा पुगेँ भन्ने अर्थ नलागोस् । युवाहरूमा देखिएको फ्रस्टेशन देख्दा नेतृत्वले पनि संविधान मिच्ने काम गर्दै आएको छ ।”


Published :माघ २७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media