भव्य बन्यो नेसनल प्याब्सन बुढानिलकण्ठको SEE मोटिभेसन कार्यक्रम

बुढानिलकण्ठ। आसन्न SEE परीक्षालाई केन्द्रमा राखी नेसनल प्याब्सन बुढानिलकण्ठले भब्यताको साथ मोटिभेसनल कार्यक्रम आयोजना गरेको छ ।
६०० भन्दा बढी विद्यार्थीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि , नगर प्रवक्ता नवराज भट्टराई विशिष्ट अतिथि, मनाश्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा, प्रधानाध्यापक राजन श्रेस्ठ लगायत नेसनल प्याबसन केन्द्र, प्रदेश जिल्ला र नगरका प्रधानाध्यापकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले विद्यार्थीहरुलाई शुभकामना सहित नगरभित्रका विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भए नगरपालिकाले नै नगद रु २५०००/- दिएर सम्मान गर्ने बताएका थिए। नेसनल प्याब्सन बुढानिलकण्ठ नेसनल प्याब्सन सिङो सगठनकै लागि उदाहरण बनेको र नेसनल प्याब्सन बूनपाले नै अब नेसनल प्याब्सन केन्द्रको पनि नेतृत्व गर्नुपर्ने नगर प्रवक्ता नवराज भट्टराईले बताएका थिए ।

नेसनल प्याब्सन कै ओझ बढने कार्यक्रमहरु आयोजना गर्दै आएको नेसनल प्याबसन बूनपालाई मनाश्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले बधाई एवम शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै नेसनल प्याब्सन बूनपाका अध्यक्ष तेन्जिङ भोटियाले नेसनल प्याबसनलाई अब युवा नेतृत्वको आवश्यकता रहेको र नेशनल प्याबसनलाई सहिदिशामा अगाडी बढाउन केन्द्रमा पनि युवा आउनु पर्ने जोड दिएका थिए । कार्यक्रम नेसनल प्याबसन बूनपाका सह सचिव सुश्मिता मैनालीले संयोजन गरेका थिइन् भने सचिव सुदिप काफ्लेले संचालन गरेका थिए ।


Published :माघ ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media