बुढानिलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृति मेला सम्पन्न

राष्ट्रपाटी न्युज

४ फाल्गुन २०८१

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार तथा वृति मेला सम्पन्न भएको छ। यहि फागुन २ र ३ गते नगरपालिका परिसरमा उक्त मेला सम्पन्न भएको हो।

सो मेलाको उद्घाटन शत्रको प्रमुख अतिथि शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री विद्या भट्टराई र समापन शत्रको प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदिप पौडेल रहेका थिए।

त्यस्तै मेलाको अवसर पारेर बुढानिलकण्ठ नगरपालिकाले नियमित रुपमा संचालन हुने गरी वृति तथा रोजगार परामर्श केन्द्रको पनि शुभारम्भ गरेको छ भने विभिन्न विद्यालयका विद्यार्थीहरुलाई परामर्श पनि प्रदान गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको समापन समरोहमा मेलालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो।

विगतका मेलाहरुमा परामर्श र रोजगार प्रबर्द्वनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रतक्ष्य सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरुको स्टल मै आवेदन दिन सकिने व्यवस्था गरेको थियो।

बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनीले संचालन गरेको सो समापन कार्यक्रममा शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए।


Published :४ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media