काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले ०८२ सालमै पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
मंगलवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले आम चुनावको बेलामा पार्टीको महाधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो हुने बताए ।
सांसद कोईरालाले पार्टीलाई अफ्ठ्यारोमा पर्नबाट बचाउन ०८२ भित्रै महाधिवेश गराउनु उचित हुने भन्दै ०८२ मा कांग्रेसको महाधिवेशन गर्न नसके निर्वाचनपछि अधिवेशन गर्न उचित हुने बताए । सांसद कोईरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्दा कसैलाई फाइदा नहुन पनि बताए ।