राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको अध्यक्षमा वसन्तराज रिजाल

राष्ट्रपाटी न्युज

चैत्र ७, २०८१

काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको अध्यक्षमा वसन्तराज रिजाल निर्वाचित भएका छन्। २०८१ साल चैत्र ६ गते नेपाल चलचित्र विकास बोर्ड सरस्वतीनगर चाबहिलमा भएको राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलनबाट रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

त्यसैगरी नव निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुदिप शर्मा, उपाध्यक्षमा केशरबहादुर रायमाझी, उद्वब प्रसाद भट्टराई तथा महिला उपाध्यक्षमा पनाह अधिकारी, महासचिवमा सबनम मुखिया, उप महासचिवमा सरस्वती घिमिरे, सचिवमा माधव पौडेल, अमिर दोग,रिमेश अधिकारी कोषाध्यक्षमा राज बस्नेत निर्वाचित भएका छन्। त्यस्तै ५१ सदस्य केन्द्रिय कमिटीको सदस्यहरुमा विशाङ तामाङ, रत्न श्रेष्ठ, अनिता भट्टराई, सरु ढुंगेल, मणि लिम्बु, सुरज आचार्य, डम्बरबहादुर बिक, केशर कार्की, सुरज खड्का लगाएत रहेका छन्।

अध्यक्षमा निर्वाचित रिजालले राष्ट्रपाटीसंग कुरा गर्दै राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले धेरै भन्दा धेरै चलचित्रकर्मीहरुलाई समेट्दै अगाडी बढ्ने , व्यावसायिकरुपमा रुपान्तरण गर्ने तथा अन्तरार्ष्ट्रिय मन्चमा समेट्न पहल गर्ने जानकारी दिएका छन्।


Published :चैत्र ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media