गायक दिनेश भुजेलको ‘संसार सारा’ सार्वजनिक

राष्ट्रपाटी न्युज

चैत्र ८, २०८१

काठमाडौंँ । गायक दिनेश भुजेलको स्वर रहेको नयाँ गीत ‘संसार सारा’ सार्वजनिक गरिएको छ । प्रमोद भण्डारीको शब्द रहेको गीतमा दिनेश भुजेल र रोजिना बस्नेतले स्वर दिएका छन् ।

प्रमोद भण्डारीको शब्द रहेको गीतमा नविन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको छ । गीतलाई रञ्जन राईले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

गीतको भिडियोमा सुष्मा श्रेष्ठ र दिनेश भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । उक्त भिडियोमा प्रकाश खड्काको छायांकन र लक्ष्मण हुमागाईको सम्पादन रहेको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा रहेको मिलनपाटी भेन्युमा आयोजित विशेष समारोहको बीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

नारायण नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा बिभिन्न विधालयका प्रिन्सिपल तथा संचालकहरु , गीत तथा भिडियोमा आवद्व कलाकार तथा प्राबिधिकहरु , भुजेलका परिवारका सदस्यहरु लगायतको उपश्थिति रहेको थियो।

युट्युबमा सार्वजनिक भएको २४ घण्टा नबित्दै उक्त भिडियोको हजारौं भिउज भैसकेको छ।

युट्युबमा तलको लिंकमा यो भिडियो हेर्न सकिने छ।


Published :चैत्र ८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media