बेसीसहर–चामे सडक सञ्चालनमा

राष्ट्रपाटी न्युज

चैत्र १२, २०८१

मनाङ । सुक्खा पहिरो खसेर अवरुद्ध भएको मनाङलाई जोड्ने एक मात्र स्थलमार्ग बेसीसहर–चामे सडक पाँच घण्टापछि सञ्चालनमा आएको छ । सोमबार दिउँसो लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेको अक्टोपस झरना नजिकै बक्स कटिङ क्षेत्रमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो पाँच घण्टाको निरन्तर प्रयासपछि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनले भने, ‘पहिराले पूर्ण रूपमा बन्द हुँदा आवागमन रोकिएकाले यात्रु, पर्यटक तथा स्थानीयवासी प्रभावित भएका थिए, पर्यटक आगमनको समय भएकाले शीघ्र सडक सञ्चालनमा ल्याउन प्रयास गरिएको थियो ।’

डुम्रे–बेसीसहर–चामे सडक आयोजना कार्यालयका सबइञ्जिनियर सुमन अधिकारीले स्थानीयवासी, प्रहरी, जिल्ला प्रशासन तथा आयोजनाका कर्मचारीको लामो प्रयासपछि सडक सञ्चालन भएको बताए । उनका अनुसार पहिरो हटाइएपछि सडक अवरोधमा परेका यात्रु गन्तव्यस्थल गएका छन् ।


Published :चैत्र १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media