अर्घाखाँची बस दुर्घटनाः मृतकको संख्या ४ पुग्यो, २७ घाइते

राष्ट्रपाटी न्युज

चैत्र १३, २०८१

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। २७ जना घाइते भएका छन्।

दुर्घटनामा रुपन्देही बुटवल उप-महाननगरपालिका-८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने र पश्चिम बर्दघाट बस्ने ५ वर्षीय गाडी चालक मदन कुमार विकको मृत्यु भएको हो। मृतकमध्ये एकजनाको नाम खुलेको छैन ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ। अन्य घाइतेको  प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। गोरुसिंगे सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागि फिर्ता हुँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१२ बस्ने वर्ष ३६ को सन्तोष कडेल सोही ठाउँ बस्ने वर्ष ४ को अमर कँडेल, वर्ष १९ को अरुण भट्टराई, वर्ष ३१ को आशिष अधिकारी, वर्ष २७ की लक्ष्मी अधिकारी, वर्ष ४ की आन्दा अधिकारी, वर्ष १४ को आयान्स अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि बुटवल लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ ।

अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


Published :चैत्र १३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media