शिक्षकहरुले आज पनि प्रदर्शन गर्ने

राष्ट्रपाटी न्युज

२० चैत्र २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघको आब्हानमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आज पनि प्रदर्शन गर्ने भएका छन् ।

बुधबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरे शिक्षकले आज पनि प्रदर्शन गर्ने भएका हुन् । आजदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रदर्शन गर्ने तयारी शिक्षकको छ ।

आन्दोलनलाई उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दालनको रुपमा औंल्याएका छन् । विद्यालय शिक्षा विधेयक नल्याई संसदको हिउँदे अधिवेशन अन्त्य भएपछि शिक्षकहरु आक्रोशित भएका हुन् ।

स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी–करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गर्ने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् ।

महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।


Published :२० चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media

preload imagepreload image