शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्नुपर्छः डा. कोइराला

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८१

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र नेपाल शिक्षक महासङ्घबिच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्नुपर्ने बताएका छन् । डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत सहमति अनुसार समस्या समाधान गरेर शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन् ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु ।’


Published :चैत्र २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media