सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु

राष्ट्रपाटी न्युज

२७ चैत्र २०८१

काठमाडौँ । सिंहदरबारमा सरकार र आन्दोेलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच वार्ता सुरु भएको हो ।

यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन ।

शिक्षा ऐन माग्दै उनीहरुले विगत नौ दिनदेखि काठमाडौँमा आन्दोलन गर्दै आएका छन् । वार्तामा बस्नुअघि शिक्षकहरूले काठमाडौंमा आज पनि आन्दोलन जारी राखेका थिए ।


Published :२७ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media