प्रधानमन्त्री ओलीले आज आन्दोलनरत शिक्षकसँग छलफल गर्ने

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज साँझ ७ बजे छलफल हुने भएको छ ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट बोलावट आएपछि आफूहरू वार्ताका लागि जान लागेका हुन् ।

गते चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै आएका शिक्षकहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्र वार्ता गर्ने अडान लिँदै आएका छन् ।


Published :५ बैशाख २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media