शिक्षकहरू आन्दोलनमा बसिरहनुपर्दैन, शिक्षा ऐन चाँडै आउँछः प्रधानमन्त्री ओली

राष्ट्रपाटी न्युज

२८ चैत्र २०८१

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताएका छन्।

बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहन नपर्ने बताए।

‘समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने थिएन। म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहन्छु। तपाईंहरूले आफ्ना समस्यामात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भीडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।


Published :२८ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media