काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपन ह्यान्डबल बहुउद्देश्यीय खेलकुद मैदानमा खुला सभा गरेको छ। नेकपा (एमाले), काठमाडौंको प्रथम प्रतिनिधि परिषद बैठकको उद्घाटन सत्रको खुला सभा आयोजना गरिएको हो।
ह्यान्डबल मैदानमा स्टेज बनाएर प्याराफिट तर्फ फर्किएको सभामा एमाले नेताहरुले अब एमाले अझ शसक्त बन्ने उद्घोष गरे। चौतर्फी रुपमा नेकपा एमालेमाथि आक्रमण भैरहेको भन्दै नेताहरुले एमाले त्यसको जवाफ दिन तयार रहेको दावी गरेका थिए। २०७९ को निर्वाचनमा काठमाडौंमा बनेको कमजोर नतिजाको समिक्षा गर्दै २०८४ मा व्यापक सुधार गरेर अगाडी बढ्ने घोषणा गरेका थिए।
नेकपा (एमाले), काठमाडौंका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा सम्पन्न खुलासत्रमा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल प्रमुख अतिथिको रुपमा रहेका थिए भने अतिथिको रुपमा पोलिटव्युरो सदस्य कृष्ण राइ, स्थायी कमिटि सदस्य एबम काठमाडौं इन्चार्ज आनन्द पोख्रेल , बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल ,केन्द्रिय नेताहरु रामेश्वर फुयाँल ,नारायण शिलवाल, सरिता निरौला , विधा सुन्दर शाक्य लगायत नेकपा एमालेका प्रदेश कमिटि ,नेकपा एमालेबाट निर्वाचित साम्सद ,नेकपा एमालेबाट निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु, जिल्ला कमिटि , नगरकमिटि, वडा कमिटि ,विभिन्न जनबर्गिय संगठनहरु लगायतका पदाधिकारी तथा सदस्यहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।
गित नृत्य सहितका सांस्कृतिक कार्यक्रमहरु समावेश गरिएको प्रथम प्रतिनिधि परिषद बैठकको उद्घाटन सत्रमा नेकपा (एमाले) काठमाडौं ४ का संयोजक राजन कुमार पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा स्थायी कमिटि सदस्य एबम काठमाडौं इन्चार्ज आनन्द पोख्रेल,पोलिटव्युरो सदस्य कृष्ण राइ, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आफ्नो मन्तव्य राखेका थिए।
नेकपा (एमाले), काठमाडौंका अध्यक्ष दीपक निरौलाको मन्तव्य सहितको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले समापन मन्तव्य राखेका थिए।
कार्यक्रममा काठमाडौंका बिभिन्न स्थानीय उत्पादनहरुको प्रदर्शनीका लागि स्टलहरुको व्यबस्था गरिएको थियो। औपचारिक समारोह शुरु हुनु भन्दा अगाडी बिभिन्न सांस्कृतिक झाँकी सहितका प्रस्तुतिहरु प्रस्तुत गर्दै अनौपचारिक कार्यक्रम संचालन गरिएको थियो। उक्त कार्यक्रमको संचालन नेकपा (एमाले) बुढानिलकण्ठ का सचिव श्री कृष्ण श्रेष्ठ र कल्पना राजथलाले गरेका थिए।
नेकपा (एमाले), काठमाडौंको प्रथम प्रतिनिधि परिषद बैठकको बन्द सत्र भोलि ३० गते शनिवार बुढानिलकण्ठ ११ मा रहेको कपन दरवार पार्टी प्यालेसमा संचालन गरिने बताइएको छ। उक्त बन्द सत्रमा भर्खरै केहि महिना अघि सम्पन्न जिल्ला अधिवेशनमा प्रतिनिधि रहेकाहरु, पर्यवेक्षक तथा स्वयंसेवकहरु सहभागी हुनेछन।