आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्छः देउवा

राष्ट्रपाटी न्युज

चैत्र ३१, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन्।

नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका हुन्। उनले शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जिकिर गरे।

त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको धारणा राखे। अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले बताए।

उनले कांग्रेसको विधान पनि समावेशी समानुपातिक प्रकारको रहेकाले पार्टीमा सबैको प्रतिनिधित्व रहेको धारणा राखे।


Published :चैत्र ३१, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media