सरकारका गलत कामले प्रतिगामीको षड्यन्त्र बढ्योः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम र कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजिरहेको बताएका छन् ।

शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, “सरकारका गल्तीका कारण धमिलो पानीमा माछा मार्ने दुस्साहस भइरहेको छ, तर त्यो सफल हुन सक्दैन ।”

अध्यक्ष दाहालले माओवादी केन्द्रले जनताको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गर्दै नेवार समुदायमार्फत सरकारका गलत क्रियाकलापहरूविरुद्ध खबरदारी भएको पनि बताए ।


Published :६ बैशाख २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media