गैरकानुनी क्रियाकलापमा संलग्न नहुन राप्रपालाई गृहको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि निषेधित क्षेत्र तोड्ने भनेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। शनिबार विज्ञप्ति जारी गरेर मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन खालका गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने जनाएको हो।

समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन गृह मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।


Published :६ बैशाख २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media