काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेताहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै मुलुकमा शान्ति र स्थायित्व कायम गर्ने विषयमा आज बालुवाटारमा छलफल गरेका छन् ।
प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा भएको छलफलमा, संविधान उल्लङ्घन र सामाजिक अराजकता रोक्न गणतन्त्र पक्षधर सबै शक्ति एकजुट हुनुपर्नेमा सहमति जुटेको बताइएको छ ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए । सँगै, संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिसका विषयमा सामान्य जानकारी पनि आदान–प्रदान गरिएको सल्लाहकार खरेलले जानकारी दिए ।