आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषदमा सातबुँदे प्रस्ताव लैजाने तयारी

राष्ट्रपाटी न्युज

बैशाख ८, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत  शिक्षकको  माग सम्बोधन गर्ने गरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने भएको छ ।

आज बस्ने मन्त्रिपरिषदको बैठकले ती माग पूरा गरे शिक्षक महासंघको आन्दोलन रोकिने सम्भावना रहेको बताइएको छ । शिक्षक महासंघसँगको छलफलपछि सो प्रस्ताव तयार भएको बताइएको छ । शिक्षकहरूको ग्रेड मिलान, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, शिक्षक अस्पताल खोल्ने, उपचार खर्च दिने, शिक्षकहरूको मर्यादाक्रम तोक्ने, अस्थायी शिक्षकको बिरामी बिदा सञ्चित गर्ने, राहत शिक्षकको दुर्गम भत्तालगायतका विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति सरकार र शिक्षकबीच भएको छ ।

शिक्षकहरुले आज बिहान ९ देखि १२ बजेसम्म आन्दोलन गर्दैछन् । थप निर्णय मन्त्रिपरिषदको निर्णयपछि गर्ने शिक्षकहरुको तयारी छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका शिक्षक महासंघका पदाधिकारीले माग सम्बोधन गर्ने विषयमा छलफल गरेका थिए । चैत्र २० गते देखि आन्दोलन सुरु गरेका शिक्षकहरूले चैत्र २५ गतेदेखि शैक्षिकसत्र ठप्प पारेर आन्दोलन गर्दै आएका छन् ।


Published :बैशाख ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media