कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८२

काठमाडौं । कालीकोटमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–३ लार्प नजिक राति करिब साढे एघार बजे बजेतिर ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । यद्यपि, घटनाका थप विवरण आउन बाँकी छ ।

खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द चौधरीको नेतृत्वमा टोली रसदरमुकाम मान्मबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ ।


Published :बैशाख ७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media