काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला फैलाउनेहरू कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिक्रियाले ‘पुर्पुरोमा हात लगाएर थचक्कै बसेको’ टिप्पणी गरेका छन् ।
पार्टीको संसदीय दलको बैठकमा ओलीले देउवा थाइल्यान्डबाट फर्किएपछि विमानस्थलमा दिएको छोटो प्रतिक्रियाले सरकार ढल्ने हल्ला फैलाउनेहरू निराश भएको बताए ।
“हिजो आगो सल्काउन खोजेका थिए, देउवा फर्केपछि एयरपोर्टमै सरकार ढल्दैन भन्ने जवाफ पाउँदा थचक्कै भए,“ ओलीले भने ।
उनले सांसदहरूलाई सरकार ढल्छ कि ढल्दैन भनेर नडराउन आग्रह गर्दै भने, “सरकारको स्थायित्वको जिम्मा हामी लिन्छौँ, तपाईँहरू आफ्नो काममा लाग्नुस्।”