पाल्पाको रैनादेवीमा जीप दुर्घटना, तीनको मृत्यु, दुई घाइते

राष्ट्रपाटी न्युज

बैशाख १५, २०८२

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चालकसहित दुई जना घाइते भएका छन् ।

दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक छन् । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीले जानकारी दिए ।

दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन् । उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको ।

आइतबार राति करिब १०ः१० बजेतिर असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप  अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।


Published :बैशाख १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media