विद्यालय शिक्षा विधेयक संसदीय उपसमितिको म्याद १० दिन थप

राष्ट्रपाटी न्युज

बैशाख २२, २०८२

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित संसदीय उपसमितिको म्याद १० दिन थप गरिएको छ। सिंहदरबारमा सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको प्रस्ताव अनुसार म्याद १० दिन थप गर्ने निर्णय गरेको हो।

बैठकमा उपसमिति संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि दफावार छलफल सकिएको जानकारी दिए।

उनले दफावार छलफल सकिएपनि प्रतिवेदन लेखन र प्रतिवेदन उपर छलफल गरी मस्यौदा तयार गर्ने काम बाँकी रहेकाले १० दिन म्याद थप गर्न प्रस्ताव गरेका थिए।

समितिले उनको प्रस्तावलाई अनुमोदन गरेको हो। उपसमितिले चैत्र १८ गतेदेखि कार्यप्रारम्भ गरी वैशाख २१ गतेसम्म ३९ वटा बैठक बसेको जनाएको छ ।


Published :बैशाख २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media