
काठमाडौं । नेसनल प्याव्सन बुढानिलकण्ठले आफ्नो पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। नेसनल प्याव्सनकी रास्ट्रीय अध्यक्ष गीता राणा सहित पुर्व अध्यक्षहरु कर्ण बहादुर शाही, ऋतुराज सापकोटा सहितको वृहत उपश्थितिमा भएको विशेष समारोहमा नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका हुन्।
कार्यक्रममा नेसनल प्याव्सनका बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, महासचिव प्रताप थापा, सचिव तेन्जिङ्ग भुटिया, केन्द्रीय सदस्य राजेश्वर तिवारी, विनय श्रेष्ठ , नेसनल प्याव्सन काठमाडौंका अध्यक्ष मनोज अधिकारी, बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी लगायत बुढानिलकण्ठ नेसनल प्याव्सनका पदाधिकारी तथा सदस्यहरु,बिभिन्न विधालयका प्रिन्सिपल तथा संचालकहरु लगायतको उपस्थिति रहेको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको मिलनचोक पार्टी भेन्युमा भएको समारोहमा नव निर्वाचित अध्यक्ष सुदिप काफ्ले, उपाध्यक्ष सुस्मिता मैनाली र सचिव गोविन्द सिंह धामी, कोषाध्यक्ष किरण खड्का, सह कोषाध्यक्ष बेनी बहादुर खड्का , सह सचिव नारायण चौलागाई र सदस्यहरु रुकेश तामाङ ,रमेश भण्डारी र युवक तिम्सिनाको पदस्थापन भएको थियो ।



कार्यक्रमको प्रत्यक्ष प्रसारण तलको लिंकमा हेर्न सकिने छ।
https://www.facebook.com/share/v/1WvM3QYHM5/