
काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मण्डिखाटारमा रहेर लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याइरहेको नेसनल आइडियल बोर्डिंग स्कुल/कलेज (निब्स) ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ। विधालय परिसरमा आयोजित उक्त प्रतियोगितामा विभिन्न विधालयवाट ब्वाइज तर्फ २४ तथा गल्र्स तर्फ १२ टिम गरी ३६ टिम सहभागी रहेका थिए ।
आज सम्पन्न भएको फाइनल खेलमा ब्वाइज तर्फ HHCA टिम बिजेता बन्न सफल भएको थियो भने लालीगुराँस नेशनल एकेडेमी टिम उपविजेता बनेको थियो। त्यसैगरी गल्र्स तर्फ भ्याली पब्लिक समुह ए टिम बिजेता बन्न सफल भएको थियो भने भ्याली पब्लिक समुह बी टिम उपविजेता बनेको थियो। दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार सहित मेडल ,प्रमाणपत्र एवं ट्रफी प्राप्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोको अध्यक्षतामा आज भएको उक्त प्रतियोगिताको समापन समारोहमा बुढानिलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङ्ग प्रमुख अतिथिको रुपमा रहेका थिए भने बुढानिलकण्ठ ९ कि वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, एन प्याब्सन केन्द्रिय उपाध्यक्ष शम्भु अधिकारी , एन प्याब्सन बुढानिलकण्ठ अध्यक्ष राजेन्द्र पुडासैनी, निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतो लगायत खेलकर्मी,बिधार्थी खेलाडी ,शिक्षक , पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोले सम्पूर्ण विजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै SEE पछाडिको कक्षा ११ को अध्ययनका लागि निब्स कलेजलाई समेत प्राथमिकतामा राख्न सम्पूर्ण अभिभावक एवं विधार्थीहरुलाई आग्रह गरेका थिए।

