एन प्याब्सन बुढानिलकण्ठले भोलि काठमाडौं जिल्लाव्यापी वादविवाद प्रतियोगीता गर्ने

राष्ट्रपाटी न्युज

असार १४, २०८२

काठमाडौं। नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको संयोजन र बुढानीलकण्ठ नगर समितिको आयोजनामा “विचारको भिडन्त, ज्ञानको उज्यालो!” भन्ने नाराका साथ भोलि असार १५ गते काठमाडौं जिल्लास्तरीय वादविवाद प्रतियोगिता हुने भएको छ। “रोजगारीको लागि विदेशिने हो कि उद्यमशीलताले देशलाई बदल्ने हो?” भन्ने महत्वपूर्ण विषयमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।उक्त प्रतियोगितामा काठमाडौं जिल्लाका विभिन्न १ सय भन्दा धेरै विद्यालयबाट विद्यार्थीहरू सहभागी हुने अपेक्षा आयोजकले राखेको छ।

भोलि असार १५ गते बिहान १० बजे बुढानीलकण्ठ–१० स्थित मिलनचोक पार्टी भेन्युमा शिक्षाविद्, अभिभावक, विद्यार्थी, विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिने बताइएको छ।

सो प्रतियोगिताको तयारी स्वरुप बिहीबार एक पत्रकार सम्मेलन सम्पन्न गरिएको छ। नेशनल प्याब्सन बुढानीलकण्ठ नगरपालिकाका समितिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने , उपाध्यक्ष विष्णु प्रसाद पराजुली, बुढानिलण्ठ नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी, केन्द्रीय कोषाध्यक्ष खडक वस्नेत, केन्द्रीय सदस्य भीष्मराज ढकाल,बागमती प्रदेश अध्यक्ष डिएन महतो, जिल्ला अध्यक्ष अमृत खड्का, उपाध्यक्षहरू प्रेमकुमार भुजेल, समीर बास्तोला, नारायणबाबु तिम्सिना लगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

 

 


Published :असार १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media