शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समयसीमा

राष्ट्रपाटी न्युज

असार २२, २०८२

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको समयसीमा दिएको छ ।

आइतबार बसेको समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा सहमति जुटाउनलाई समय मागेका थिए । तर, समितिका सदस्यहरूले त्यसप्रति आक्रोश पोखेका थिए ।

सबै सदस्यहरुले आफ्नो धारणा राखेपछि अन्त्यमा समितिका सभापति अम्मरबहादुर थापाले ५ दिनको समय दिए । शिक्षामन्त्री पन्तले भने जतिसक्दो चाडैँ सहमति जुटाएर समितिलाई जानकारी गराउने बताएका छन् ।

यसअघि असार १५ गतेभित्र विधेयक पास गर्ने सरकार र शिक्षक महासंघबीच सहमति भएको थियो । तर, विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा अन्तिम समयमा समितिबाट पास हुन सकेन ।


Published :असार २२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media