“श्री गणेश मा.बि.२०५४ सेरोफेरो” द्वारा एसईई सम्मान कार्यक्रमको आयोजना

राष्ट्रपाटी न्युज

असार २३, २०८२

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर- २ हात्तीगाैडामा रहेको गणेश माध्यमिक विधालयबाट २०५४ सालमा एसएलसी उत्रिण पुर्व बिधार्थीहरुको संस्था “श्री गणेश मा.बि.२०५४ सेरोफेरो” ले उक्त विधालयबाट २०८१ सालकाे एसईईमा उत्कृष्ट अंक सहित उत्रिण हुन सफल बिद्यार्थीहरू तथा शिक्षकहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको छ।

पुर्व प्रधानाध्यापक एवं राजनीतिज्ञ भीमसेन खत्रीको प्रमुख आतिथ्यता तथा अध्यक्ष अनिल देव नकर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पुर्व बिधार्थी एवं बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम केसी,क्याम्पस प्रमुख हरिस चन्द्र केसी , विधालयका प्रधानाध्यापक मिम काजि श्रेष्ठ, वडा नम्बर-४ का वडा सदस्यहरु कृष्ण खत्री तथा सुमिता खड्का , समाजसेवी ब्रह्मदेभ श्रेष्ठ , लगायत शिक्षकहरु , २०५४ सालमा एसएलसी उत्रिण पुर्व विधार्थीहरु, एसईईमा उत्रिण हुन सफल बिद्यार्थीहरु लगायत करिव २०० जना विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक एवं बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा सदस्य पवन कार्कीले जानकारी दिएका छन्।

पुर्व बिधार्थी एवं “श्री गणेश मा.बि.२०५४ सेरोफेरो” की सदस्य वविता कार्कीले संचालन गरेको कार्यक्रममा सचिव बलराम खड्काले स्वागत मन्तव्य राखेका थिए भने पुर्व प्रधानाध्यापक एवं राजनीतिज्ञ भीमसेन खत्री,पुर्व बिधार्थी एवं बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीराम केसी,विधालयका प्रधानाध्यापक मिम काजि श्रेष्ठ,क्याम्पस प्रमुख हरिस चन्द्र केसी लगायतले आफ्नो मन्तव्य राखेका थिए।कार्यक्रममा संस्थाका कोषाध्यक्ष साधुराम खड्काले धन्यबाद मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा २०८१ सालकाे एसईईमा उत्रिण हुन सफल ७६ जना बिद्यार्थीहरू सहित विधालयका प्रधानाध्यापक मिम काजि श्रेष्ठ लगायत ३५ जना शिक्षक तथा कर्मचारीहरुलाइ सम्मानपत्र सहित दोसल्ला ओडाई सम्मान गरिएको थियो।


Published :असार २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media