काठमाडौं । साम्तेन मेमोरियल एजुकेसनल एकेडमीले एसईई परिक्षा २०८१ मा राम्रो नतिजा निकाल्न सफल विधार्थीहरुलाइ सम्मान एवं ग्रयाजुएसन् कार्यक्रम सम्पन्न गरेको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं – ११ का वडाध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता एवं विधालयका अध्यक्ष निम्तो नवाङ शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्ले, विधालयका संचालक निमा शेर्पा, समाजसेवी दिलिप केसी , विभिन्न विधालयका प्रधानाध्यापकहरू लगायत शिक्षकहरु, विधार्थीहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।
सहायक प्रधानाध्यापक दिनेश भुजेलले संचालन गरेको सो कार्यक्रममा प्रधानाध्यापक गोविन्द धामी, बुढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी,नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्ले, शिक्षक मन्जु सापकोटा,समाजसेवी दिलिप केसी,एसईई परिक्षा २०८१ मा उत्रिण विधार्थी प्रतिनिधि लगायतले आफ्नो मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा साम्तेन मेमोरियल एजुकेसनल एकेडमीवाट एसईई परिक्षा २०८१ मा उत्रिण हुन सफल विधार्थीहरुलाइ मायाको चिनो सहित सम्मान गरिएको थियो।