पिक पोइन्ट एकेडेमीको एसईई सम्मान कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

असार २९, २०८२

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नं.१३ मा रहेको पिक पोइन्ट एकेडेमीले एसईई सम्मान कार्यक्रम आयोजना गरेको छ। उक्त विधालयबाट उत्रिण १२ ओैं एसईई ब्याचका विद्यार्थीहरुका लागि विधालयले भव्य सम्मान कार्यक्रम आयोजना गरेको हो। एसईई-२०८१ मा ६ जना विद्यार्थीको ४.० जिपिए सहित सम्पुर्ण ६५ जना विद्यार्थीहरुको उत्कृष्ट नतिजा ल्याउन विधालय सफल भएको थियो।

नेपाल सरकारका उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा , वडाध्यक्षहरु, विभिन्न विधालयका प्रिन्सिपल तथा संचालकहरु, विधार्थी तथा अभिभावकहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा एसईई-२०८१ मा ४.० जिपिए ल्याउने ६ जना विद्यार्थीहरु सहित सम्पुर्ण ६५ जना उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो। ४.० जिपिए ल्याउने ६ जना विद्यार्थीहरुलाइ जनही ५० हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने अन्य ५९ जना विधार्थीहरुलाई उनीहरुको टार्गेट अनुसार नगद पुरस्कार वितरण गर्दै विधालयले ७ लाख ४५ हजार नगद पुरस्कार वितरण गरेको कार्यक्रम संयोजक महेश केसीले जानकारी दिएका छन् ।

विधालयका प्रिन्सिपल विनय श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक ठमिन्द्र खतिवडाले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा , बुढानीलकण्ठ – १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठ(टिकेश) ,कार्यक्रम संयोजक महेश केसी, विधालयका संचालक इश्वर केसी,४ जीपीए ल्याउन सफल विधार्थीहरु, प्रतिनिधि अभिभावकहरुले आफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विधालयलाई नतिजाको आधारमा विशेष सम्मान गर्ने घोषणा गरेका थिए भने वडाध्यक्ष टिका नारायण श्रेष्ठ(टिकेश)ले पुर्व घोषणा अनुसार ४ जिपिए ल्याउन सफल विधार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने जानकारी दिएका थिए।

 

 


Published :असार २९, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media