मधेसमा खानेपानीबाट कोही वञ्जित हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानीबाट कोही पनि वञ्चित नहुने बताएका छन्। संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी बन्दै प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने काम भइरहेको बताए।

उनले मधेसमा खानेपानीबाट कोही पनि अलपत्र नपर्ने र सबैलाई पानीको व्यवस्था गरिने बताए। ‘खानेपानीबाट कोही पनि अलपत्र पर्ने छैनन्। खानेपानीको व्यवस्था सरकारले गर्छ। आजमात्र मन्त्रिपरिषद्को बैठक बसेर सुख्खा क्षेत्र घोषणा गरिएको छ। यसले बजेट विनियोजन र आवश्यक खरिद प्रक्रियाका लागि सहज हुनेछ,’ उनले भने।


Published :साउन ७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media