नेकपा (एमाले) बुढानीलकण्ठ -१ द्वारा एसईई सम्मान कार्यक्रम आयोजना

राष्ट्रपाटी न्युज

साउन १५, २०८२

बुढानीलकण्ठ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुढानीलकण्ठ नगरपालिका वडा नं १ कमिटीले एस.ई.ई.उत्तिर्ण विद्यार्थी सम्मान कार्यक्रम २०८२ सम्पन्न गरेको छ।नेकपा (एमाले) बुढानीलकण्ठ नगरपालिका वडा नं १ कमिटीका अध्यक्ष हरी भारतीको अध्यक्षता एवं नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ समन्वयन कमिटी संयोजक राजन कुमार पोख्रेलको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा बसोबास गर्ने १८ जना एस.ई.ई. उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको हो।

उक्त कार्यक्रममा अतिथिको रुपमा बुढानीलकण्ठ नगरपालिका वडा नं १ का वडाध्यक्ष एवं जिल्ला कमिटि सदस्य सुरेन्द्र लामा , नेपाल खेलकुद महासंघका स्थायी कमिटि सदस्य दिपक तामांग ,जय भद्रकाली आधारभूत विधालयकी सहायक प्रधानाध्यापक विना माया थिङ्ग, वडा सदस्यहरु , विधार्थीहरु, अभिभावकहरु, नेकपा एमालेका नेता कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं १ मा बसोबास गर्ने १८ जना एस.ई.ई. उत्तिर्ण विद्यार्थीहरुलाई मायाको चिनो तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुढानीलकण्ठ नगरपालिका वडा नं १ का सचिव शुशिला गिरीले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि राजन कुमार पोख्रेल, बुढानीलकण्ठ नगरपालिका वडा नं १ का वडाध्यक्ष एवं जिल्ला कमिटि सदस्य सुरेन्द्र लामा , जय भद्रकाली आधारभूत विधालयकी सहायक प्रधानाध्यापक विना माया थिङ्ग, कमिटि अध्यक्ष हरि भारती लगायतले आफ्नो मन्तव्य राखेका थिए।


Published :साउन १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media