बन्दुकको बलबाट संसदको असंवैधानिक विघटनप्रति घोर भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले षड्यन्त्रको  चक्रव्यूह रचेर बन्दुकको बलमा असंवैधानिक ढङ्गले संसद विघटन गरिएको जिकिर गरेका छन् ।

उनले हजारौँ नेपालीको बलिदानबाट प्राप्त संविधान र जनताको मतद्वारा निर्वाचित संसदलाई सेनाको बन्दुकको बलले हत्या गरिएको भन्दै संसद विघटनप्रति घोर भर्त्सना गरेका छन् ।

शाहीले शहीदहरूको रगतबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई षड्यन्त्रपूर्वक समाप्त गरी निरङ्कुशता लादिएको ठहर गरेका छन् ।

उनले जेन–जीको आन्दोलनमा घुसपैठ गर्नेहरूले सार्वजनिक सम्पत्ति तोडफोड गर्दा, बैङ्कहरू लुट्दा र आफ्नै परमाधिपति राष्ट्रपतिको कार्यालय जल्दासमेत मुकदर्शक भएर बस्नुले गम्भीर षडयन्त्र पुष्टि भएको जनाएका छन् ।


Published :भदौ २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media